एकदीवसीय र टी–ट्वान्टी श्रृंखलाअन्तर्गत नेपाली क्रिकेट टोलीले शनिबारको खेलमा यूएईलाई २४३ रनको चुनौती दिएको छ।
अहिले यूएईले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। पूरै ५० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो।
लक्ष्य पछ्याउने क्रममा दुई ओभर खेल्दा यूएईले एक विकेटको क्षतिमा १७ रन बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया