आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद आज दिउँसो १ बजेका लागि बैठक डाकिएको थियो ।
कांग्रेस सांसदको अवरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । त्यस्तै आज बस्ने बैठकमा चिकित्सा विधेयक पारित गर्ने एक मात्र सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण गत सोमबार र मंगलबार बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
कांग्रेसले पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताल कुन निकाय मातहत रहने सरकारले स्पष्ट नबनाएसम्म सदन चल्न नदिने अडान लिदै आएको छ ।
गत मंगलबार स्थगित भएको बैठक आजको लागि बोलाइएको हो ।
यद्यपी बैठक बोलाईएको समयमा पनि बैठक बसेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया