पोखरा । नेपाल–भारत इनर्जी बैंकिङ गर्न सहमत भएको छ ।
विहीवारदेखि पोखरामा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जोएससी) बैठकले दुई देशबीच इनर्जी बैकिङको सहमतिलाई अनुमोदन गरेको हो ।
गत महिना भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत ऊर्जा आदानप्रदान समितिको १३ औँ बैठकमा भएको सहमति अनुमोदन गरेको हो । उक्त सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेसँगै कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
बैठकमा नेपालकातर्फबाट उर्जा सचिव दिनेशकुमार घिमिरे र भारतीय समकक्षी अजयकुमार भल्लाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमति अनुसार अब दुई देशबीच बिजुली साटासाट हुनेछ ।
एक देश र अर्को देशबीच चाहिएका बेला उर्जा आयात निर्यात गर्ने प्रणाली नै इनर्जी बैकिङ सिस्टम हो ।
नेपालले बर्खायाममा भारतलाई बिजुली दिनेछ भने हिउँदमा भारतबाट बिजुली आयात गर्नेछ ।
बैठकमा नेपाल र भारतबीचको सीमापार प्रसारण लाइन थप गर्ने विषयमा पनि छलफल भएको छ ।
बैठकले बुधवार भएको दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी)को बैठकमा भएका निर्णयलाई समेत अनुमोदन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया