कांग्रेस बैठकको निष्कर्ष: सरकार र सभामुख गैरजिम्मेवार

काठमाडौं । नेपाली कांग्रेसले सरकार र सभामुख गैर जिम्मेवार ढंगल प्रस्तुत भएको निष्कर्ष निकालेको छ । पछिल्लो समय सरकारले जीपी कोइराला राष्ट्रिय श्वसप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पु¥याएको, डा. गोविन्द केसीको मागलाई वेवास्था गरेको, निर्मला पन्तको बलात्कार र हत्या मा संलग्न अपराधिलाई कार्वाहि नगरेको तथा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थिति विनानै संवैधानिक पपिरषद्को बैठक राखि नियुक्तिका निर्णयहरु गरेको प्रति काग्रेसले तीव्र असनतुष्टि जनाएको छ ।

कांग्रेसको विहीवार बसेको केन्द्रिय समिति बैठकले सरकारको क्रियाकलाप बारे छलफल गर्दै सक्तपक्षले बहुमतको आधारमा प्रतिपक्षलाई पेलेरै अघि बढ्ने रणनीति अपनाएको ठहर गर्दै सरकारको पछिल्लो कदमको शसक्त विरोध गर्ने निष्कर्ष निकालेको छ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लगायत ११ स्वास्थ्य संस्थालाई केन्द्र अन्तर्गत राख्ने प्रस्ताव भएपनि राजनीतिक पूर्वाग्रहको आधारमा यी दुई स्वास्थ्य संस्थालाई हटाएर ९ वटालाई मात्र केन्द्र अन्तर्गत राख्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै कांग्रेसले आपत्ति जनाउदै आएको छ ।

सरकार मात्र हैन सभामुख समेत गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै कांग्रेसले माघ ८ गतेको प्रतिनिधि सभाको बैठकमा अमर्यादित रुपमा संसदमा मर्यादापालकहरुको प्रयोग हुनु र सत्तापक्षका सांसद नै मर्यादापालक झै प्रतिपक्ष माथि खनिनु, महिला सांसदहरुलाई रोक्न पुरुष मर्यादापालकहरु प्रयोग गरिनु आपत्तीजनक भएको कांग्रेसले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?