भोजपुर । प्रहरीले वहुविवाहको आरोपमा कैद सजाय तोकिएका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी वालाङ्खाको टोलीले वहुविवाह मुद्दामा जिल्ला अदालतबाट ११ महिना ११ दिन कैद तथा रु पाँच हजार जरिवाना तोकिएका आमचोक गाउँपालिका–४ का ३० वर्षीय उमेश राई र ३१ वर्षीय डम्बरकुमारी राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।
दुवै जनालाई आज कारागार चलान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया