हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध

डोल्पा । हिमपातका कारण डोल्पाको जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिँउ जमेकाले हवाईसेवा बन्द भएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । 

“मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उनले भने । हवाईसेवा बन्द भए पछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । “हिँउ पग्लेपछि हवाईउडान सुचारु हुन्छ,” सिंहले भने ।

लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?