गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने सरकारको निर्णय

गोरखकाली रबर उद्योगका सम्पूर्ण कर्मचारीलाई सरकारले अनिवार्य अवकाश दिने निर्णय गरेको छ।

०७१ चैतदेखि पूर्णरुपमा बन्द उद्योगका सम्पूर्ण कर्मचारीलाई अवकाश दिने निर्णय भएके हो ।

नयाँ व्यवस्थापनका साथ उद्योग सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिदै सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले  उद्योगका कर्मचारीले बुझाउनुपर्ने जिन्सी, नगद तथा कागजात फरफारक गरेपछि अवकाश पाउने कर्मचारीलाई सेवा सुविधा दिएर बिदा दिने निर्णय गरेको जानकारी दिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले करिब एक महिनाअघि उद्योग बन्द गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।

यो सरकारी संस्थानमा विभिन्न तहका २ सय ४७ जना कर्मचारी कार्यरत छन्। उद्योगका कर्मचारीलाई बिदा गर्न करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?