लहान । सिरहाको लहानमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।
उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेण्ट लागेर लहान नगरपालिका–२३ मा एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिरहाको सखुवानान्करकट्टी गाउँपालिका ४ सिम्राही निवासी १८ वर्षीय मोहमद मजलुम छन् ।
स्थानीयवासी १७ वर्षीय मोहमद रहमद र १९ वर्षीय मोहमद जवाहरले उक्त उखुबारीमा सिंचाई गर्न गए राति जडान गरेको पानी तान्ने मोटरमा करेण्ट प्रवाह भएका अवस्थामा उखुबारी पुगेका मजलुमलाई करेण्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते मजलुमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया