भेनेजुएलाका राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा

भेनेजुएलाका राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा  भएके छ ।

संसदका नेता हुवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गरेका छन् ।  

गुएदोको घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस  समेत निकालेका छन् ।

नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको समाचार छ ।  

गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गरेका छन् भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले गुएदोलाई समर्थन गरेका छन् ।

भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको बुझिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?