निर्मला हत्या प्रकरण : प्रहरीले दिलिपसिंह विष्टको कुरै सुनेन

महेन्द्रनगर  – निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले मुख्य अभियुक्त बनाएर दिलिपसिंह विष्टलाई हिरासतमा यातना दिएको भन्दै प्रहरीविरुद्व दायर गरिएको मुद्दामा सुनुवाई नभएको परिवारले आरोप लगाएका छन् ।

जाहेरीकर्ता दिलिपसिंह विष्टका दाजु खड्गसिंहले आफूले एकमहिना अघि दायर गरेको मुद्दामा प्रहरीले सक्रियता नदेखाएको बुधवार पत्रकारलाई जानकारी दिएका हुन् ।

‘मुद्दा दायर गरेकै एकमहिना बितिसकेको छ, तर अहिलेसम्म कारबाही प्रक्रिया अघि बढेको छैन’, खड्गसिंहले भने, ‘प्रहरी कार्यालयमा गएर के भइरहेको छ, भनेर बुझ्न खोज्दा उल्टै प्रमाण ल्याएर आउनुस भनेर भन्छन् ।’

सरकारले गठन गरेको उच्चस्तरीय समिति, प्रहरी प्रधान कार्यालयले गठन गरेको समिति लगायतका विभिन्न अनुसन्धानबाटै सबै प्रष्ट भइसक्दासमेत दोषी प्रहरी कर्मचारीलाई कारबाही अघि नबढाएको विष्टले बताए ।  अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?