माघ ९ गते बुधबार दुनियाँमा दिनभर के के भए ? यी हुन् ट्रेन्डिङमा रहेको १८ समाचार

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ ९ गते बुधबार  देश–विदेशमा के–के घटना भए रु जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ ।
अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् : 

१. स्वीट्जरल्याण्ड पुगेर के भने प्रधानमन्त्रीले ?  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताएका हुन् । 

२. बाबुरामको कटाक्ष : मिठो तरकारीमा गोबर मिसाएपछि खाने नि नखाने ? : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षामा को कति सम्बेदनशील छन् भन्ने तथ्यांक सार्वजनिक गरेका छन् । बुधवार ट्वीट गर्दै डा. भट्टराईले ‘डा. केसीको जीवन रक्षा गरौँ ! को कति सम्वेदनशील तथ्यांकमा हेरौँ !’ भन्दै तथ्यांक सार्वजनिक गर्दै मिठो तरकारीमा गोबर मिसाएपछि खाने नि नखाने ? भनि कटाक्ष गरेका छन् । 

३. ११ गते विधेयक पास हुन्छ : योगेश भट्टराई  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधवार काठमाडौँमा साक्षात्कार कार्यक्रममा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने प्रतिनिधिसभा बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने भन्दै थपे, ‘माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । गोविन्द केसीसँग सम्बन्धित समाचार  ः डा. केसीसँग भएको सम्झौता इमान्दारीका साथ कार्यान्वयन हुनुपर्ने स्वास्थ्य मन्त्री उपेन्द्र यादवको धारणा छ ।

४.मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने तयारीमा सरकार सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिनेबारे छलफल शुरु गरेको छ । गत मंसिर २९ गते क्रिसमस मनाउन भन्दै स्वदेश फर्किका इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किएपछि सरकारले ठेक्का तोड्ने निर्णय गरिसकेको छ । 

५. नेविसंघको वृहत्त प्रदर्शन, तीन घतलाग्दा प्रश्न : प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्ताहरु बुधवार दिउँसो राजधानीको माइतिघर मण्डलामा भेला भएर र्यालीसहित बबरमहल हुँदै नयाँ बानेश्वर पुग्दासम्म तीन घतलाग्दा प्रशन गुन्जिएका थिए । 

६. पश्चिमी वायुको   प्रभावले   देशका विभिन्न भागमा वर्षा पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशका अधिकांश भागमा आज (बुधबार) वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।

.नवलपरासीमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते  :नवलपरासीमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको बारुणयन्त्र पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

८.१५ बालबालिकासहित १७ जना बिरामी : जंगली फल खाँदा सिरहामा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन् । उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ । बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरु बिरामी भएको जिल्ला प्रहरीसिरहाले जनाएको छ । 

९. धुलिखेलमा जिपलाइन शुरु हुँदै, दैनिक ६० जनाले खेल्न सकिने  :  पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रा।लि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । 

१०. डान्सर जोडीको लोभलाग्दो यात्रा : पैसा सबैका लागि चाहिन्छ । तर पैसाको लागि खुसी साट्नेहरुसँग यो जोडिको आपत्ति छ । किनकी उनीहरु भन्छन्, खुलेर कमाउने खुलेर खर्चिने र खुलेर रमाउने हो । खुसीको परिभाषा सोध्दा उनीहरु भन्छन्, ‘डान्स र एक अर्काको साथ’ । 

११. बाजुरामा हिमपात, तस्वीरमा हेर्नुहोस् छप्पकै हिउँ   : सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुरामा हिमपात भएको छ । बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा हिमपात हुँदा स्थानियको जनजीवन कष्टकर भएपनि बालि सप्रीने आशामा उनीहरु हर्षित भएका छन् ।  

 १२.  स्नातक तह पास नगरेका बलिउड सेलिब्रेटी स्टारहरु फिल्मी करियरलाई अघि बढाउन केही यस्ता सुपरिचित कलाकारहरुले आफ्नो पढाईलाई बिचैमा छोडेका छन् । सबै मानिसलाई आफ्नो सुन्दरताले देश र दुनियाँलाई नै साथी बनाउने क्षमता भएकी ऐश्वर्या रायले आफ्नो फिल्मी करियरलाई अघि बढाउन आफ्नो पढाईलाई बिचैमा त्यागिन् । सन् १९९४ मा मिस वल्र्डको उपाधि जितेपछि उनले आफ्नो पढाईलाई अधुरो छोडिन् तर, उनको इच्छा भने आर्किटेक बन्ने थियो । उनीजस्तै कयौँ सेलिब्रेटी छन् जसले स्टार बन्ने धुनमा पढाई अधुरो छाडे । 

१३ शेयर बजारमा सामान्य सुधार  धितोपत्र बजारमा बुधवार शेयरको मूल्यमा वृद्धि भएको छ ।  कारोवार मापक नेप्से परिसूचक ४ दशलमब १५ विन्दुले बढेर एक हजार १७२ दशमलब ९८ विन्दुमा पुगेको छ ।

१४. नेपाल–भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक आजदेखि पोखरामा शुरु : नेपाल–भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक आजदेखि पोखरामा शुरु भएको छ । सहसचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल–भारतका अधिकारी मंगलवार नै पोखरा पुगिसकेका थिए । 
 

१५. पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु   : एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन् । आफू अमेरिकातर्फ लागेको उनले पतिलाई सुँइकोसम्म दिइनन् ।

१६. मेक्सिकोमा ग्यास पाइपलाइन विस्फोटबाट मृत्यु हुनेको संख्या ९३ पुग्यो  : ग्यास पाइप विस्फोटबाट मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या ९३ पुगेको छ । मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार भएको विस्फोटमा परी उनीहरुको मृत्यु भएको स्वास्थ्यमन्त्री जर्ज अल्कोसरले जानकारी दिए । 

 
१७. महिला राष्ट्रिय फुटबल टिमले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने – साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म सञ्चालन हुने  प्रतियोगिताको लागि भारतीय फुटबल महासङ्घले नेपाललाई निम्ता पठाएको थियो । 

१८. रोनाल्डो कर छली मुद्दामा दोषी ठहर, २३ महिनाको जेल सजाय : पोर्चुगिस तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कर छली मुद्दामा दोषी ठहर भएका छन् । स्पेनको कर कार्यालयले रियल म्याड्रिडका पूर्व स्ट्राईकर रोनाल्डोलाई कर छलीको आरोपमा मुद्दा हालेकोमा अदालतले कर छली मुद्दामा दोषी ठहर गर्दै १८ दशमलब ८ मिलियन युरो जरिवाना तिराउने र २३ महिनाको जेल सजायको फैसला गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?