काठमाडौं । प्रहरीले काठमाडौंबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २५ बाङगेमुढाबाट ठूलो परिणाममा लागूऔषधसहित उनीहरुलाई प्रहरीले बुधवार दिउासो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका ६ का ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापा मगर, सिन्धुपाल्चोक चाकु मार्तिवाङ ९ का २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय विशाल श्रेष्ठ रहेका छन् ।
काठमाडौं महानगरपालिका २५ बाङगेमुढाबाट एक हजार ४५ एम्पुल, एक हजार २ सय २५ ट्याब्लेट र ५ सय ग्राम गाजा सहित नेर्फिन ३ सय ४९ एम्पुल, फेनारागन ३ सय ४८ एम्पुल, डाइजाल्याप १ तीन सय ४८ एम्पुल, नाइट्राभेट १० ट्याब्लेट एक हजार ६५, नाईट्रोसन १० ट्याब्लेट १ सय ६० वटा, ५ सय ग्राम गाजा र नगद १४ हजार, १२ वटा मोवाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया