नुवाकोट । नुवाकोटमा १५ वर्षीया छोरीलाई बेचेको आरोपमा बुवा पक्राउ परेका छन् ।
जिल्लाको दूर्गम क्षेत्र दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया छोरी बेचेको आरोपमा बुवासहित अन्य दुई जनापनि पक्राउ गरेको छन् । पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई समेत प्रहरी पक्राउ गरेको हो ।
भारतमा यौन व्यवसायीको रुपमा लगाउने उद्देश्यले छोरीलाई बेचेको आरोपमा बाबुसहित घटनामा संलग्न तीनजनालाई पक्राउ गरेर मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
पुस २२ गते घरबाट बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्याएको प्रहरीले जनाएको छ ।
दिल्लीबाट उद्धार गरी नेपाल ल्याइएकी पीडित बालिकाको उजुरीको आधारमा उनीहरुलाई पक्राय गरिएको उपरीक्षक पल्लीमगरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया