कैलाली । टिकापुर नगरपालिका ६ लक्षिनापुर बस्ने २२ वर्षीय छोरा राजु चौधरीसँग सोमवार बेलुका घरायसी विवादको क्रममा बेहोस भएका ३८ वर्षीय बाबु जितबहादुर चौधरीको मंगलबार बेलुका मृत्यु भएको छ ।
विवादको कारण छोरा राजुले धकेल्दा ढोकामा ठोक्किन गई बेहोश भएका जितबहादुरलाई टिकापुर अस्पताल लगेकोमा थप उपचारको लागि नेपालगंज रिफर गरे पनि घरमै ल्याई राखेको अवस्थामा मृत्यु भएको हो ।
छोरा राजु चौधरीलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया