कास्की । बाजुरामा हिमपात भएको छ । सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा हिमपात भएको हो ।
बाजुरामा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकि, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ ।

सडकमा हिउँ जमेपछि यातायात सञ्चालनमा समस्या भएको छ ।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन सकेका छैन ।

गाई, भेँडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ ।




फोटो: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया