नवलपरासीमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते

कावासोती । नवलपरासीमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । 

काठमाडौंबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको बारुणयन्त्र पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते २७ जनामध्ये सात जनाको भरतपुरमा उपचार भइरहेको छ । 

अन्य घइतेको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?