ताप्लेजुङ । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका दुई युवालाई कारागार चलान गरिएको छ । उनीहरुले धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको हो ।
मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो ।
उनीहरुले २०७४ भदौ ३१ गते ढुङ्गेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए ।
दुवै जनासँग जिल्ला अदालतले जनही रु एक लाख १० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेकाले उनीहरुलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया