पश्चिमी वायुको   प्रभावले   देशका विभिन्न भागमा वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशका अधिकांश भागमा आज (बुधबार) वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।

वर्षा आज रातिसम्म कायम रहने मौसमविद्हरुले अनुमान गरेका छन् भने रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकी फेरी शुरु हुनसक्ने अनुमान गरेका छन् ।  

हिजोदेखि सुरु वर्षाले अझै केही दिन निरन्तरता पाउने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ । 

पूर्वी भागमा बुधबार बिहान पानी परेको छैन । तर दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पभनाई छ । 

काठमाडौंको आज बिहान ९ बजेको तापक्रम १० डिग्री रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?