काठमाडौँ– भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले आज ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।
चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई÷तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहेका छन् ।
यसैबीच यसैगरी तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उनी निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिए ।
राससकाे सहयाेगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया