Breaking news : गोंगबुमा प्रहरीले गोली चलायो, एकजना घाईते

महानगरिय प्रहरी परिसर काठमाडौँको टोलीले गोंगबुमा गोली चलाएको छ । 

गोंगबुमा रहेको होटल लक प्रा.लीमा प्रहरीले गोली चलाएको हो ।  

प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । घाईते हुनेमा काभ्रेका अभिलाश तामाङ रहेको महानगरिय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए । घाईते तामाङको घुँडामा गोली लागेको छ ।

पक्राउ परेका तामाङको साथबाट प्रहरीले एउटा लोेडेड चाईनिज पेस्तोल बरामद गरेको छ  । 

प्रहरीको गोली लागेर काभ्रेका अभिलाश तामाङ घाइते भएका हुन् उनको घुँडामा गोली लागेको छ ।

उनको त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । 
 

तस्वीर : फाईल फोटो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?