प्रतिविद्रोह तालिमप्रति विदेशी सेना आकर्षित

काठमाडौं।  नेपाली सेनाले प्रत्येक वर्ष दिँदै आएको ‘प्रतिविद्रोह तथा जंगल वार फेयर’ तालिममा हालसम्म ११ देशका ६२ जना विदेशी सेनाका अधिकृत सहभागी भएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

 नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेना यसप्रति आकर्षित भएका हुन् ।
 नेपाली सेनाले आफ्ना अधिकृतलाई मात्र दिँदै आएको प्रतिविद्रोह तालिम २०५७ सालदेखि विदेशी सेनालाई समेत दिन सुरु गरेको हो ।  यस वर्ष भने चीन, कोरिया, म्यानमार र पाकिस्तान गरी चार देशका ६ जना सेनाका अधिकृतले नेपाली सेनासँग प्रतिविद्रोह तालिम लिएका छन् ।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता यामप्रसाद ढकालले नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेनासमेत तालिमका लागि आउने गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?