फुल्चोकी जंगलमा हराएका तीन जनाको प्रहरीद्वारा उद्धार

काठमाडौं । प्रहरीले ललितपुरको फुल्चोकीको जंगलमा हराएका तीन जनाको सकुशल उद्धार गरिएको छ । 

ललितपुरको गोदावरी ३, फुल्चोकीको जंगलमा घुम्न गएका उनीहरु आइतवार साँझदेखि हराएका थिए । 

हराउनेमा नुवाकोट घर भई हाल नयाँबजार काठमाडौं बस्ने वर्ष १८ की मल्लिका तामाङ र वर्ष १७ की मुस्कान तामाङ छिन् भने महोत्तरी घर भई हाल क्षेत्रपाटि काठमाडौं बस्ने वर्ष १९ को अभिलेख प्रसाद साह छन् । 

फुल्चोकीको जंगलमा घुम्न गएका तीन जना व्यक्तिहरु हराएको भन्ने सूचना महानगरीय प्रहरी कन्ट्रोल मार्फत प्राप्त भएको महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट प्रहरी निरीक्षक श्याम कुमार कटुवालले जानकारी दिए । 

प्रहरी निरीक्षक कटुवालको कमाण्डमा ९ जनाको टोली जंगलमा खोजी तथा उद्धारको लागि परिचालित गरिएको थियो । उनीहरुले गोदावारी बसपार्कबाट पूर्व दक्षिण फुल्चोकी जंगलको बीच खोचबाट आइतवार साँझ ७ः३० बजे उद्धार गरी अभिभावकको जिम्मा लगाएको प्रहरी निरीक्षक कटुवालले जनाकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?