परिवारमा घुस्यो राजनीति, श्रीमान नेकपामा प्रवेश गर्दा श्रीमती आक्रोशित

काठमाडौं–पूर्वसांसद तीर्थराज भुसाल नेकपामा प्रवेश गरेपछि उनको परिवारमा विवाद भएको छ ।

उनको परिवारले एक विज्ञप्ति जारी गर्दै भुसालको नेकपा प्रवेशको तीब्र विरोध गरेको हो ।

विज्ञप्तिमा पारिवारिक सल्लाहबिनै भुसाल नेकपा प्रवेश गर्नु राजनीतिक कृतघ्नता र बेइमानी भएको उल्लेख गरिएको छ ।

भुसाल केही दिनअघि नेकपामा प्रवेश गरेका थिए भने उनलाई नेकपा अध्यक्ष केपी ओली लगायतले पार्टीमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?