काठमाडौं । सरकारले एक महिना भित्र सक्ने लक्ष्य सहित कर्मचारी समायोजनको तयारी अघि बढाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गते भित्र सक्ने गरी समायोजनको तयारी अघि बढाइएको हो । सरकारले समायोजन फाराम भर्न दिएको समयावधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाएको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरू गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती किताबखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
फारम नभर्ने कर्मचारीको जेष्ठता लगायत हेरेर समायोजन गरिने उनले बताए ।
खटाएको पत्र लिएर २१ दिनसम्म सिंहदबारमै बसेर फिल्डमा नजाने कर्मचारीलाई पनि कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।
सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई घर बिदा वा निलम्बन गर्ने समेत सरकारले तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया