सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी, स्पेनमै शरणार्थी बन्ने चाहना

स्पेन–स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उनी सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बसिरहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका हुन् ।  परराष्ट्रले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो ।

स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उनको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?