मेलम्चीको ठेक्का तोड्ने तयारी

काठमाडौँ–मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ ।
कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र (टर्मिनेसन लेटर) तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ‘सोमवार ठेक्का रद्द गरिएको घोषणा गरिने छ,’उनले भने ।
सीएमसी अन्तर्राष्ट्रिस्तरमै वित्तीय सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका प्रतिनिधि एक महिनाअघि काम छोडेर भागेका थिए तर प्रहरीले आठ जनालाई पक्राउ गरेपछि नयाँ वर्ष मनाएर फर्किने शर्तमा छाडिएको थियो । कम्पनी फर्किने सम्भावना नदेखिएपछि एकतर्फी रूपमा ठेक्का रद्द गरेर धरौटी जफत गर्न लागिएको हो ।
पटक–पटक आग्रह गर्दा पनि सीएमसी काममा फर्कनुको साटो भुक्तानी गर्न बाँकी रकम र भेरिएसनवापत थप रकम दाबी गर्नुका साथै त्यस्तो रकम दिनुपर्ने लगायतका शर्त थपिरहेको थियो । निर्माण कम्पनीले शर्त थप्दै आयोजनामा नफर्किने सङ्केत यसअघि नै गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?