राजपाको नेतृत्व फेरियो, राजेन्द्र महतो भए पदबाट बिदा

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक फेरिएका छन् ।

आज बसेको अध्यक्षमण्डलको बैठकले महेन्द्रराय यादवलाई संयोजकको जिम्मेवारी सुम्पेको छ ।

पार्टीको विधान अनुसार दुई दुई महिनाको चक्रिय प्रणाली अनुसार संयोजक फेरिने व्यवस्थाअनुसार भोलिदेखि यादव नयाँ संयोजक बन्नेछन् । हाल संयोजक रहेका राजेन्द्र महतो पदबाट बिदा भएका छन् ।

पार्टी स्थापना भएदेखि २० महिनासम्म आपसी सहमतिमा महन्थ ठाकुर संयोजक थिए ।

तर पार्टीको हित विपरित काम गरेको भन्दै मंसिर ४ गते बैठक बसि ठाकुरलाई संयोजकबाट हटाएर महतो बनेका थिए ।

महेन्द्र राय यादवको कार्यकाल चैत ४ गते सकिनेछ । त्यसपछि शरतसिंह भण्डारी संयोजक बन्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?