भारतद्वारा निलाम्बर आचार्य राजदूतका लागि स्वीकृत

भारतका लागि राजदूतमा सिफारिस भएका निलाम्बर आचार्यलाई भारतले स्वीकृत गरेको छ।  

यसअघि कांग्रेसको सरकारका पालामा  श्रीलंकाका लागि नेपाली राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका आचार्यलाई भारतको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतको लागि स्वीकृत गरेको हो ।

यसबारे नेपाल सरकारलाई समेत जानकारी गराइसकेको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ताले जनाएका छन् ।

भारतीय पक्षबाट स्वीकृत भइसकेका आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सातासम्ममा आधिकारीक रुपमा राजदूतमा नियुक्त गर्ने सरकारी श्रोतले जानकारी दिएको छ।

तत्कालीन भारतका लागि नेपाली  राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभामा उम्मेदवार बन्‍न राजिनामा दिएपछि नयाँदिल्लीस्थित नेपाली दूतावास प्रमुखविहीन थियो । कम्युनिस्ट पार्टीको सदस्यता त्यागेको २७ वर्षपछि ७५ वर्षीय नीलाम्बर आचार्यलाई कम्युनिस्ट पार्टीको सरकारले यो जिम्मेवारी सुम्पेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?