सुर्खेतमा अज्ञात समूहद्वारा दुई वटा मालबाहक ट्रकमा आगजनी

काठमाडौं । सुर्खेतमा अज्ञात समूहले दुई वटा मालबाहक ट्रकमा आगजनी गरेको छ । 

नकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्दको अवज्ञा गरेको भन्दै शनिवार बिहान बन्दकर्ताले बराहताल गाउँपालिका, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा मालबाहक ट्रकमा आगजनी गरेका हुन् । 

आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

सुर्खेत बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधान चल्न सकेको छैन भने जनजिवन प्रभावित भएको छ । 

त्यस्तै शनिवार बिहान सुर्खेत पुग्ने रात्रि सेवाका सवारी साधन भने प्रहरीले स्किटङ गरी गन्तव्यसम्म पुर्याइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?