काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज माइतीघरमा प्रदर्शन हुने भएको छ । सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले दबाबमूलक प्रदर्शन गर्न लागेको हो ।
अलायन्सका अनुसार डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत सरकारले कुनै चासो नदेखाएकाले दबाब सिर्जना गर्न कार्यक्रम गर्न लागिएको छ ।
दिउँसो १२ बजे माइतीघरमा भेला भएर संसद् भवन रहेको नयाँबानेश्वरसम्म र्याली र बानेश्वरमा कोणसभाको कार्यक्रम गरिने भएको हो । प्रतिनि
धिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले डा केसीसँगको सम्झौताविपरीत विधेयक पारित गरेपछि उनी पुन: १६औँ अनसन बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया