१२ वर्षमा पनि निस्केन निकास

लहान – अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको छ। यस क्रममा मधेसले थुप्रै मानिस गुमायो, ठूलो भौतिक र मानवीय क्षति बेहो-यो। थुप्रै उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ मा लहानमा रमेश महतो मारिए। त्यसयता मधेसमा भएका आन्दोलनमा डेढ सयजनाले ज्यान गुमाएका छन्।

बलिदानीपूर्ण संघर्ष यात्राबाट संघीयता व्यवहारिक रुपमै संस्थागत भएर मधेसी जनताको आँगनमा मधेस सरकार बनेको छ। प्रदेश २ मा मधेसकेन्द्रित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धन सरकार छ। फोरमबाट मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री छन्। मधेस सरकारले औपचारिक स्वरुप धारण गरिसकेर कार्ययोजना अघि बढाइरहेको छ। मधेस आन्दोलनका कारण देशको व्यवस्था नै परिवर्तन भएको छ। मधेस आन्दोलनका दुइटा सपनामध्ये मधेसी मुहार मधेसको शासक (मुख्यमन्त्री) बनेका छन्। आफ्नै मूलको नेतृत्व मधेसले पाइसकेको छ। मधेस आन्दोलनको जगमा प्रदेश २ मा निर्माण भएको सरकार (मधेस सरकार) ले मधेसी जनतामा खुसी सञ्चार गर्न सक्यो त रु अपेक्षा सुशानको, सेवा सुविधामा सुलभ पहुँचलगायत अपेक्षा मधेस सरकारसँग छ। मधेसी सहिद परिवारको अपेक्षा पनि यो सरकारसँग उत्तिकै छ। नागरिक दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?