ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

चितवनको भरतपुर उपमहानगरपालिका-१ पानीट्यांकी नजिक नारायणगढ-मुग्लिन सडकखण्डमा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–६ का ४६ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ना ८ प ५५०६ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिनतर्फ आइरहेको ना ८ ख २२४९ नम्बरको खाली ट्रकसँग ठोक्किँदा नेपाली गम्भीर घाइते भएका थिए । 

उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?