काठमाडौं– शुक्रबार बिहान इलामबाट काठमाडौं ल्याइएका डा गोविन्द केसीको स्वास्थ्य खस्किए पनि गम्भीर नरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
अस्पताल निर्देशक प्राडा प्रेम खड्काले केसीको अवस्था बाहिर आएजस्तो गम्भीर नभएको बताए । तर, स्वास्थ्य कमजोर भएको उनको भनाइ छ ।
इलाम अस्पतालमा अनशनमा रहेका केसीको अवस्था गम्भीर भएको भन्दै रातारात नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया