रुपन्देही– प्रदेश नं ५ नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् ।
प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महँगोमा गाडी खरीद गरेको समाचार बाहिर आएपछि उनले सो बारे निष्पक्ष छानबिनको माग गर्दै गाडी फिर्ता गरेका हुन् ।
नेता पोखरेलले आफू चढिरहेको लु१झ ४४७ नंको गाडीको साँचो संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनमगरलाई फिर्ता गरेका हुन् ।
साँचो बुझाउँदै पोखरेलले सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरीद गरेका सबै गाडीको कागजात झिकाइ छानबिन थालेकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको बताए ।
गाडी फिर्ता पनि उहाँ रिक्सामा चढेर घर फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया