डा.केसीको उपचारका लागि ८ सदस्यीय टोली गठन

काठमाडौं । इलाममा १० दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ भने उनको उपचारको लागि स्वास्थ उपचार टोली गठन गरिएको छ ।

डाक्टर सुबास आचार्यको सम्योजकमा ८ सदस्यीय टोलि गठन गरेको हो । 

उपचार टोलीमा डा।प्रमेससुन्दर श्रेष्ठ, डा.सुर्य देवकोटा, डा.पङ्कज पन्त, डा.रविन नेपाली, नर्सिङ गङ्गा थापा र डा.दिब्या सिङ्ग लगायत रहेका छन । 

१६ औं अनसनका क्रममा  स्वास्थ्य स्थिति गम्भीर भएपछि उपचारको लागि उनलाई  शुक्रबार बिहान ३ बजे नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

डा. केसीको  त्रिवि शिक्षण अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?