बालिका बलात्कार गर्ने ४७ वर्षीय दलबहादुर थापा सार्वजनिक

बाजुरा ।  एक बालिकालाई गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

४७ वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार बुधबार सम्मेलनमार्फत सार्वजनिक गरिएकोे प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । थापाले आफ्नै नाता पर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार गरेक थिए ।

थापाले रिठा बजार बाह्रबीसेमा थापा होटल सञ्चालन गर्दै आएका थिए । अभियुक्त थापाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० को (ख) बमोजिम मुद्दा दायर गरिने प्रहरीले जनाएको दिने बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?