काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रारलाई एक लाख घुससहित पक्राउ गरेको छ ।
सोमवार अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई एक लाख घुससहित रंगेहात पक्रेको हो ।
उनले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।
त्यस्तै पन्थीले सो विद्यालयसँग मागेको घुस रकम छारीलाई राख्न दिएकाले उनलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता दंगालले जनाए ।
दुवै जनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया