विभिन्न शंकास्पद वस्तु सहित पाँच जना पक्राउ

काठमाडौं । विभिन्न शंकास्पद वस्तुहरु वनस्पती औषधी, नक्कली कपाल ३० थान, सिद्रा माछा ४ पोका, खरायोको सुकुटी, वनस्पति झार २ पोका र पिठो २ पोका सहित ५ जना सेनेगल नागरिकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सेनेगल नागरिकहरु ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिददे सोले समेत ५ जना रहेका छन् । 

विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित साम्बाला होटलबाट उनीहरुलाई उक्त वस्तु सहित प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?