२०७६ को पात्रो माघ १५ गते बजारमा आउने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार वि सं २०७६ को पात्रो माघ १५ गतेभित्र प्रकाशित भएर बजारमा आउने छ । आगामी वर्षमा पनि यस वर्ष जस्तै १३ वटा पात्रोको प्रकाशनका लागि समिति बैठकले स्वीकृति दिएको छ ।

दसैं, तिहार लगायत साइत र सार्वजनिक विदा भने पञ्चाङ्गमा समावेश गरिएको छैन । यद्यपी, सरकारले तोकेबमोजिमकै सार्वजनिक विदा हुने भन्दै पात्रोमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त भने पात्रोमा दिइएको उनले जानकारी दिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?