काठमाडौं – पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयल मार्फत गृह मन्त्रालय समक्ष अन्तराष्ट्रिय विमानस्थलमा विशेष अध्यागमनको माग गरेका छन् ।
विमानस्थलको अध्यागनबारे बढी आलोचना आइरहेकाले कार्यलयमा युवा जनशक्ति मात्र खटाउन गृहमन्त्री रामबहादुर थापालाई अनुरोध गरेका छन् ।
अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीले स्वदेशी र विदेशी पाहुनालाई राम्रो व्यवहार गर्न नसकेको आरोप लागि रहेको बेला उनले यसको माग गरेका हुन ।
कर्मचारीले यात्रुहरुसँग झर्किएर बोल्ने र असहयोग गर्ने गरेका गुनासोलाई कम गर्ने हेतुले यस्तो माग गरेको मन्त्री अधिकारीले बताए ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया