लागूऔषधिसहित पर्साबाट तीन पक्राउ

पर्सा । प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । 

वीरगञ्जनगरपालिका १६ शंकराचार्य गेट नजिक चेकजाँचको क्रममा प्रहरीले एक भारतीय नागरिकसहति दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको मोतिहारीका २१ वर्षीय सहदेव पण्डित, पर्साको कालिकामाइका १९ वर्षीय अकिलेश कानू र गोविन्द बहादुर श्रेष्ठ रहेका छन् । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले पण्डित र कानूलाई रक्सौलतर्फ जाँदै गरेको अवस्थामा पाँच किलो चरेसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले वीरगञ्ज नगरपालिका १६ नगवाका श्रेष्ठलाई १६५ पिस नाइट्राभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई लागूऔषध कारोबारसम्बन्धि मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?