नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३, पुरानो कावासोतीमा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ख७९२८ नम्बरको बसले बाटो काट्न लागेको बेला ना४९प २२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रौतहट गोमरियाका ३५ वर्षीय डमेन्द्र यादव छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया