काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी, मध्य तथा पूर्वका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको हो ।
अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ । हिमाली र उच्च पहाडी भेगका केही स्थानमा सामान्यदेखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
काठमाडौ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ भने जुम्लाको तापक्रम माइनस १.९ डिग्री सेल्सियस रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया