भैरहवामा प्रहरीको गोलीबाट एकको मृत्यु

रुपन्देही । भैरहवामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

शनिवार राति तस्कर समूह र प्रहरीबीच दोहोरो गोली प्रहार हुँदा एकको मृत्यु भएको हो ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले शुरुमा प्रहरीमाथि गोली प्रहार गरेको र त्यसपछि प्रहरीले गोली चलाएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ  ।

उक्त घटनमा करीब ३० वर्षका एक पुरुषको मृत्यु भएको  र मारिनेमा तस्कर समूहको एक सदस्य रहेको प्रहरीले दाबी गरेको छ । साथै, एक प्रहरी घाइते पनि भएका छन् । 

घटना राति करिब १२ बजे तिरको भएको र गोली लागेको व्यक्तिको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?