काठमाडौं– फुलचोकी घुम्न जाँदा हराएकाहरु प्रहरीको सम्पर्कमा आएका छन् । काठमाडौंबाट घुम्नको लागि त्यहाँ पुगेका उनीहरु शनिबार दिउँसोदेखि हराइरहेका थिए ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले हराएका ४ किशोरीसहित १६ जनालाई फेला पारेको जानकारी दिए । उनीहरुका हराएको खबरपछि खोजतलासमा खटिएको प्रहरी टोलीले राती ८ बजे फेला पारेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया