डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । चार दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । 

शनिवार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा डा. केसीको समर्थनमा प्रदर्शन भएको हो । 

प्रदर्शनकारीहरुले ‘माफियाका ताती ओली सरकारका साथी, ओली सरकारको मन्त्र नागरिकलाई झुटतन्त्र, धोकेवाज ओली सरकार किन बन्छौं माफियाको मतियार?, मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर, डाक्टर गोविन्द केसीसँग गरिएको सम्पूर्ण सम्झौता तत्काल लागू गर ।’ प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । 

डा. केसी इलाममा चार दिनदेखि १६ औँ  आमरण अनसनमा छन् । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले गत बुधवार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि डा. केसीले १६औँ अनसन शुरु गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?