सिराह । सिराहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित घुर्मीपुलबाट एक केजी ७ सय ५७ ग्राम ७२० मिलीग्राम सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एपीएफ टोलीले शनिबार बिहान करीव दुई बजे सिराहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहााबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा शनिवार बिहान २ बजे दुई किलो सुनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ गर्ने लाहान नगरपालिका १९ बस्ने ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, २८ वर्षीय मोहमद अमिरुल, ४५ वर्षीय कैयुम राईम, ४२ वर्षीय मोहमद हकिम, २४ वर्षीय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षीय मोहमद अफ्रोज रहेका छन् ।
गाडी चालक राईमको साथबाट ४ थान वालार ३ वटा काचो सुन बरामद गरिएको छ भने अमिरुलको साथबाट एउटा वाला बरामद गरिएको प्रहरीले जानकारी दिए । त्यस्तै कैयुम राईमको साथबाट एउटा वाला फेला छ ।
काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरुको साथमा उल्लेखित सुन फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
साथै उनीहरुको साथबाट एपीएफ टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोवाइल सेट समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया