काठमाडौं– राजधानीको लैनचौरस्थित अमृत साइन्सको अनेरास्ववियू इकाई अध्यक्षमाथि आक्रमण भएको छ । सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीको एक समूहले इकाई अध्यक्ष कमल राज जोशीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
जोशीको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने उनको टाउकामा नौँ टाँका लगाइएको छ । उनलाई क्याम्पसका खेमराज सिंहलगायतले रडले आक्रमण गरेको बताइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको जानकारी दिएका छन् ।
गतवर्ष पनि उनीमाथि आक्रमण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया