काठमाडौं–सासद्को लोगोको विशेष अर्थ हुन्छ, जोसुकैले चाहेर वा रहर गर्दैमा उक्त लोगो लगाउन पाउँदैनन्। तर लोगो लाउने हैसियत बनाएकाहरू यसको महत्व बुझ्दैनन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।र
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लोगो लगाउन ध्यान दिँदैनन् । उनले आइतबारको प्रतिनिधिसभाको बैठकमा १ घण्टा लामो सम्बोधन गरे । सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्य दिँदा न त संसद्को लोगो थियो न त सरकारको नै। यो दिनमात्र होइन, प्रधानमन्त्री ओली प्रायजसो संसद् आउँदा लोगो लाएको भेटिँदैन।
कैलाली–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशमलाल चौधरीले पुस १९ गते संसद्को लोगो लगाए। डिल्लीबजार सदरखोर जेलमा रहेका चौधरीलाई प्रहरीले कडा सुरक्षाबीच सिंहदरबार ल्याएको थियो। सभामुख कृष्णबहादुर महराले संसद्को लोगो लगाइदिएपछि चौधरीलाई पुनः डिल्लीबजार कारागार नै लगिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया