वीरगञ्ज । भारतीय प्रहरीको सहयोगमा माइती नेपालले चार नेपाली युवतीको उद्दार गरेको छ ।
भारतीय सीमावर्ती रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीको सहयोगमा चार नेपाली युवतीको उद्दार गरिएको हो ।
रामगढवामा रहेको झुलन पासवानले सञ्चालन गर्ने आर्केष्टाबाट चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ ।
उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ ।
माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टाली दुई दिनअघि रक्सौल पुगेको थियो ।
नेपाली युवतीलाई उद्दार गरी भारतीय प्रहरीले माइती नेपाल वीरगञ्जलाई लिखित कागज गरी जिम्मा लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया